काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले जैविक विविधता संरक्षणका लागि राजनीतिक इच्छाशक्तिका साथै विचार तथा नवप्रवर्तनको प्रवद्र्धनसहित दृढताकासाथ काम गर्नुपर्ने बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाको अवसरमा ‘दिगो विकासका लागि जैविक विविधतासम्बन्धी अविलम्ब गर्नुपर्ने कार्य’ विषयमा आज न्युयोर्कमा भएको जैविक विविधता शिखर सम्मेलनमा उनले जैविक विविधता संरक्षणको लागि दिगो लगानी सुनिश्चित गुर्न आवश्यक…