सीसीएमसीका कर्मचारीमा कोरोना संक्रमण, गृह र रक्षामन्त्री सेल्फ आइसोलेसनमा

काठमाण्डु – गृहमन्त्री रामबहादुर थापा बादल र उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल होम आइसोलेसनमा बसेका छन् । स्रोतकाअनुसार कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)का दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरु सेल्फ आइसोलेसनमा बसेका हुन् । केहीदिन अगाडि गृहमन्त्री बादल र रक्षामन्त्री पोखरेल सीसीएमसीको बैठकमा सहभागी भएका थिए । सीसीएमसीको कार्यालय छाउनीमा छ ।…