लुम्बिनी – मुख्यमन्त्री शंकर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताएका छन् । उनले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्दै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह भएको बताए । मुख्यमन्त्री पोखरेलले ६५औँं प्रहरी दिवसको अवसरमा आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलमा…