काठमाडौं - साउन १३ गते मंगलबारका लागि निर्धारित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा सोमबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा वरिष्ठ नेता माधवकुमार नेपाल लगायत प्रधानमन्त्री केपी शर्मा ओलीइतर पक्षको बैठक भयो । बैठकले निष्कर्ष निकाल्यो – स्थायी कमिटी बैठक नरोक्ने र एजेन्डामा अगाडि बढाउने । पार्टी शीर्ष नेताबीच सहमति नभई स्थायी…