काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधबकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको कारण पार्टी समस्यामा परेको बताएका छन् । काठमाण्डुमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले ‘म नै राज्य, म नै पार्टी’ भन्ने ओलीकै कार्यशैलीले पार्टी समस्यामा परेको बताएका हुन् । नेता नेपालले ‘पार्टी लठिभद्र अवस्थामा छ, पार्टी कागजमा मात्र…