चुनावमा विकासको कुरा : ओली र नेम्बाङको क्षेत्रमा ३० वर्षदेखि सडक अलपत्र

काठमाण्डु - इलाम–२ मा पर्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माणको विषय फेरि राजनीतिक बहसको केन्द्र बनेको छ । प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङले गत साउन पहिलो साता उक्त सडक सात दिनभित्र नापी गरेर प्रक्रिया पूरा गरी ठेक्का लगाइने बताएका थिए । तर सात दिन त के, सात महिना बित्दासमेत ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।…