भोलि साँझ दीप प्रज्वलन गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोली साँझ ७ बजे दीप प्रज्वलन गर्न आग्रह गरेका छन् । दीप प्रज्ज्वलन गरेर कोरोनाविरुद्धको संघर्षमा ऐक्यबद्धता प्रकट गर्न ओलीले आग्रह गरेका छन् । ‘विश्व शान्तिका अग्रदूत सिद्धार्थ गौतमको २५६४औँ जन्मजयन्तीका सन्दर्भमा कोरोना महामारीविरुद्धको लडाइँमा अग्रभागमा खटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी एवं स्वयंसेवकहरूप्रति उच्च सम्मानस्वरूप, संक्रमितहरूको शीघ्र स्वास्थ्यलाभका लागि, मृत्युवरण…