बिदेशी बुहारीप्रति कांग्रेस नरम, ७ वर्षे प्रस्तावविरुद्ध ‘नोट अफ डिसेन्ट’ लेख्न निर्देशन

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेपाली पुरुषसँग विवाह गरी आएका विदेशी महिलालाई सात बर्षपछि अंगीकृत नागरिकता दिने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रस्ताव अस्वीकार गरेको छ । कांग्रेसले नेकपाको उक्त प्रस्तावित प्रावधानलाई असंवैधानिकको संज्ञा दिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा आज बसेको पार्टी पदाधिकारी बैठकले नेकपाको उक्त निर्णयविरुद्ध…