कोरोना भाइरस नियन्त्रणका लागि हामी सहयोग गर्छौंः विप्लव

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कोरोना भाइरस नियन्त्रणका सरकारले विशेष पहलकदमी गर्नुपर्ने माग राखेको छ । नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेका बेला नेकपाका महासचिव विप्लवले शनिबार विज्ञप्ति जारी गरेर सर्वसाधारण नागरिकका लागि सरकारले स्वास्थ्य परीक्षणको सुविधा गाउँगाउँमा उपलब्ध गराउनु पर्ने बताएको हो । ‘श्रमिक जनताका लागि दैनिक खानपानको व्यवस्था सरकारले उपलब्ध गराउनुपर्छ,’…