जंगबहादुरपछिका शक्तिशाली प्रधानमन्त्री ओली भारतसँग कुरा गर्न डराएः रंगमति शाही

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओली भारतसँग लिम्पियाधुराबारे कुरा गर्न डराएको आरोप लगाएकी छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले शक्तिशाली प्रधानमन्त्री ओली छिमेकी मुलुकले गरेको अत्याचारमा मुकदर्शक बनेको आरोप लगाएकी छन् । ‘सबैभन्दा शक्तिशाली प्रधानमन्त्री जंगबहादुरपछि केपी शर्मा ओली हुनुहुन्छ । यसमा दुई मत छैन ।…