काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर यादव अस्पताल भर्ना भएका छन् । आइतबार बिहान छातीमा समस्या देखिएपछि मन्त्री यादव बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा भर्ना भएका हुन् । उनको अवस्था सामान्य रहेको पारवारिक स्रोतले जानकारी दिएको छ ।