काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता एवं राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दिने बताएका छन् । सोमबार ट्वीट गर्दै श्रेष्ठले एक वर्षको पारिश्रमिकमध्ये दुई महिनाको कोरोना कोषमा र बाँकी दश महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहत प्याकेजका लागि दिने बताएका हुन् । ‘हामी अहिले…