कोरोनाविरुद्धको सहकार्यलाई अझ सशक्त बनाउन प्रधानमन्त्री ओली र मोदी सहमत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गरेका छन् । शुक्रबार भएको दुई देशका प्रधानमन्त्रीबीच भएको वार्तामा कोरोना भाइरसविरुद्धको सहकार्यलाई अझै सशक्त बनाउने सहमति भएको प्रधानमन्त्री ओलीले जानकारी दिए । लकडाउनका कारण एक अर्काका मुलुकमा रोकिएका नागरिकलाई आ–आफ्नो देशमा हेरचाह गर्न प्रधानमन्त्री शर्मा ओली र प्रधानमन्त्री मोदी सहमत भएका छन्…