गोकुल बाँस्कोटालाई बर्खास्त गर्न कांग्रेसको माग

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई बर्खास्त गर्न माग गरेको छ । प्रेस कमिसन प्रकरणमा अडिओ टेप सार्वजनिक भएकोले मन्त्री बाँस्कोटालाई बर्खास्त गरी अनुसन्धान गर्न कांग्रेसले माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार विज्ञप्ति निकालेर मन्त्री बाँस्कोटालाई बर्खास्त गरी निष्पक्ष अनुसन्धान गर्न सघाउन प्रधानमन्त्री…