काठमाडौं – सभामुख अग्नि सापकोटाले निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौं जिल्ला अदालतबाट सफाई पाएको विषय सांसदमा जानकारी गराएका छन् । मंगलबार बसेको प्रतिनिधसभाको बैठमा सभामुख सापकोटाले दाङ क्षेत्र नम्बर २ बाट निर्वाचित महरा अदालतबाट सफाइ पाएर सोमबारै डिल्ली बजार कारागारबाट रिहा भएको जानकारी गराएका हुन् । महरामाथि संसद सचिवालयकी एक महिला कर्मचारीलाई जवरजस्ती करणी गरेको…