गाडीको सिसा खोलेर सोह्रखुट्टेदेखि बालाजुसम्म पुग्न प्रधानमन्त्रीलाई कांग्रेस सांसदको चुनौती

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाडीको सिसा खोलेर सोह्रखुट्टेदेखि बालाजुसम्म पुग्न चुनौती दिएकी छन् । शनिवार प्रतिनिधिसभा बैठकका प्रधानमन्त्री ओलीको सम्बोधन पछिको प्रश्नोत्तरका क्रममा सांसद शाहीले बाटो कालोपत्रे भइरहेको भन्ने प्रधानमन्त्रीको दाबीप्रति प्रतिप्रश्न गरेकी हुन् । ‘प्रधानमन्त्रीले सडक कालोपत्रे भइसकेको भन्नुभयो । प्रधानमन्त्रीज्यू, सोह्रखुट्टेदेखि बालाजुसम्म गाडीको…