काठमाडौं – सरकारले काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत बनाउन सुरु गरेको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्ज क्षेत्रबाट यसको शुभारम्भ गरेका हुन् । पहिलो चरणमा काठमाडौंको रत्नपार्क र महाराजगञ्ज क्षेत्रका विद्युत वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा तार भूमिगत गर्न काम सुरु गरिएको हो । महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत बालुवाटार, पानीपोखरी, बूढानीलकण्ठ, टोखा, गोंगबु, समाखुशी, धापासी, बसुन्धरा,…