काठमाडौं – नेपाली कांग्रेसकी सांसद हीरादेवी गुरुङले पाँच हजार मान्छे मारेको छु भनेर सार्वजनिक अभिव्यक्ति दिनेलाई कानुनी दायरामा नल्याइएको भन्दै आक्रोश पोखेकी छन् । केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले युद्धकालमा मारिएकामध्ये पाँच हजारको जिम्मा लिने बताएका थिए । बाँकी १२ हजार राजामहाराजाले मारेको उनको तर्क थियो । प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा सांसद…