साइपालका जनता आकाश हेरेर बसेका छन्, तत्काल खाद्यान्नको व्यवस्था होस्ः सांसद विक(भिडियो)

काठमाडौं – प्रतिनिधिसभा सदस्य आशा विकले खाद्यान्न संकट भएको बझाङको साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गगर्न माग गरेकी छन् । ‘त्यहाँका करिब १५ सय जनता हेलिकोप्टरको पर्खाइमा…