सरकारले प्रदेश प्रमुखको नाम राष्ट्रपति कार्यालय पठायो

काठमाडौं – सरकारले नयाँ प्रदेश प्रमुखको नाम राष्ट्रपति कार्यालय पठाएको छ । सोमबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नकेपा) सचिवालय बैठकबाट निर्णय भएका नाम अनुमोदनका लागि राष्ट्रपति कार्यालय पठाएको हो । नयाँ प्रदेश प्रमुखका लागि सरकारले धर्मनाथ यादव (सिरहा), सोमनाथ अधिकारी ‘प्यासी’ (काश्की) , विष्णु प्रसाई (झापा)र गोविन्द कलौनी(डडेलधुरा),…