नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु, प्रदेश प्रमुख टुंगो लगाउने

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी ‌(नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । आज बसेको सचिवालय बैठकले नयाँ प्रदेश प्रमुख नियुक्तिको विषयमा छलफल गर्ने स्रोतले जानकारी दियो । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखलाई आइतबार पदमुक्त गरेकी थिइन् । प्रदेश प्रमुखहरु नहुँदा संवैधानिक संकट आउने हुँदा सोमबारै नियुक्त गर्ने तयारी भइरहेको…