काठमाण्डु - रुसी सेनामा कार्यरत थप तीन नेपाली नागरिकको मृत्यु भएको छ। रुस–युक्रेन युद्धमा थप तीन जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले मंगलवार जनाएको हो। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले राहदानी नं. १२२९९८९१ वाहक स्याङ्जाका हरिप्रसाद अर्याल, राहदानी नं. ११०२७१७५ वाहक कैलालीका भरबहादुर शाह र राहदानी नं. ०७५७३७३८ वाहक धादिङका राजकुमार गिरीको निधन भएको जानकारी प्राप्त…