प्रधानमन्त्रीको स्वास्थ्यबारे ग्राण्डीको विज्ञप्तिः बिहीबार डिस्चार्ज गरिन्छ !

काठमाडौं – ग्राण्डी अस्पतालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाकारी दिएको छ । अस्पतालले बुधबार साँझ एक विज्ञप्ति निकालेर प्रधानमन्त्रीको स्वास्थ्यस्थिति सामान्य रहेको जानकारी दिएको हो । प्रधानमन्त्री ओलीका निजि चिकित्सक डाक्टर दिव्यासिंह शाह र ग्राण्डी इन्टरनेसनल हस्पिटलका मेडिकल डाइरेक्टर डाक्टर चक्रराज पाण्डेले हस्ताक्षर गरेको संयुक्त विज्ञप्तिमा ओलीको स्वास्थ्यपरीक्षण सकिएपछि बुधवार साँझ…