सप्तरी – उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मुलुक समावेशीतातर्फ अघि बढेपनि यसलाई समाप्त पार्न षड्यन्त्र भैरहेको बताएका छन् । सप्तरीको राजविराजमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा सबैभन्दा महत्वपूर्ण परिवर्तन संघीय लोकतन्त्र रहेपनि परिवर्तन विरोधी शक्तिहरु यसविरुद्ध लागिरहेको बताए । मन्त्री यादवले संघीय लोकतन्त्रलाई जोगाउदै संघीय समावेशीताको सिद्धान्तअनुसार पिछडिएका वर्ग र समुदायलाई…