प्रधानमन्त्रीको ब्रिफिङ : मृगौलाले काम गर्न छोड्यो, अब नियमित डायलासिस गराउनुपर्छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौलाले राम्रोसँग काम नगरेको बताएका छन् । पार्टीको शनिबार (आज) बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले मृगौलाले राम्रोसँग काम नगरेकाले अब नियमित डायलासिस र प्रत्यारोपण विकल्प भएको बताएका हुन् । ‘मृगौलाले राम्रोसँग काम गर्न नसकेपछि शरीरमा पानी, क्रेटिनिन, युरिनजस्ता पदार्थको मात्रा बढेको छ । अब नियमित डायलासिस अथवा प्रत्यारोपण विकल्प छ,…