काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आज (शुक्रबार)पनि संसद बैठक बहिष्कार गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले आफ्ना केहि कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए । सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए । यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत…