काठमाण्डु – राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा समितिकी सदस्य ईश्वरी देवी न्यौपाने सर्वसम्मत निर्वाचित भएकी छन् । बुधबार बसेको समितिको बैठकमा समिति सदस्य सर्वेन्द्रनाथ सुक्लाले प्रतिनिधि सभा नियमावली २०७९ को नियम १७६ को उपनियम ४ बमोजिम सदस्य ईश्वरी देवी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन्…