काठमाण्डु– पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारीले पार्टीमा आएर अध्यक्ष बन्ने प्रयास गर्दा सफल नहुने दाबी गरेका छन्। बुधबार काठमाण्डु जिल्लाका महाधिवेशन प्रतिनिधिसँगको अनौपचारिक छलफलमा बोल्दै उनले भण्डारीले अध्यक्षमा उठेपनि नजित्ने बताएका हुन् । उनले भने 'उहाँले पार्टीमा आएर अध्यक्ष उठेमा जित्नुहुन्न। नेतृत्व केवल आँखामा नबिझ्ने लालगेडी होइन, नेतृत्व…