काठमाडौं— लामो प्रयासपछि नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच एकता हुने निश्चित भएको छ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपप्रधान एवं स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव नेतृत्वको फोरमबीच वैशाख २३ गते पार्टी एकीकरणको घोषणा हुने भएको हो। दुबै दलबीचको एकता पश्चात नेतृत्वको मोडल नेकपा जस्तै हुने भएको छ। फोरम नेपालका अध्यक्ष…