काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका छन्। पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने भन्दै उनले पार्टी हेड्क्वाटर र प्रदेश प्रमूखलाई लिखित रुपमा राजीनामा बुझाएका हुन्। तत्कालिन माओवादीको पोलिटव्युरो सदस्यसमेत रहेका शर्माले घटुवाको पद आफ्ना लागि स्वीकार्य नभएको बताए। उनले…