काठमाडौं - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका मध्यकमाण्ड इन्चार्ज फेरिएका छन् । हेमन्तप्रकाश ओली सुदर्शनले सम्हालिरहेको उक्त जिम्मेवारीको ठाउँमा खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई ल्याइएको हो । फागुन २८ गते विप्लव नेतृत्वका नेकपालाई सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेपछि ओली पक्राउ परेका थिए । ओली पक्राउ परेपछि खाली भएको जिम्मेवारीमा प्रकाण्डलाई ल्याइएको स्रोतले बतायो । …