काठमाडौं – नेपाली काङग्रेसका नेता शेखर कोइरालाले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने गरी विभिन्न कानुन ल्याउन लागेकोप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । उनले सोमबार एक विज्ञप्ती जारी गर्दै सरोकारवालासँग छलफल नै नगरी सूचना प्रविधि विधेयक, मिडिया काउन्सिल विधेयक र विज्ञापन सम्बन्धि विधेयक सुटुक्क संसदमा पेश गरिनु गम्भीर विषय भएको बताएका हुन् ।…