काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालका लागि अमेरिकी राजदूतले सञ्चालन गर्न लागेको ‘जनतासँग गफगाफ’ कार्यक्रम कूटनीतिक मर्यादाभित्रै रहेर गर्नेमा सरकारले आशा राखेको बताएका छन् । राजदूत र्याण्डी बेरीले ‘राजदूतसँग गफगाफ’ कार्यक्रम चलाउने तयारी गरेपछि त्यो कुटनीतिक मर्यादाविपरीत हुने भन्दै आलोचना भइरहेको छ । मन्त्रिपरिषदका निर्णय सुनाउने नियमित पत्रकार सम्मेलनमा बिहीबार प्रवक्ता बाँस्कोटाले…