काठमाडौं - संघीयता कार्यान्वयनका क्रममा सुरक्षा निकाय र प्रहरीको विकेन्द्रीकरणमा संघीय र प्रदेश सरकारबीच टकराव हुने देखिएको छ ।संघ सरकारले ढिलो गरी संसदमा दर्ता गराएको नेपाल प्रहरी र प्रदेश प्रहरी सञ्चालन सम्बन्धी विधेयकमा भएका केही प्रावधानलाई लिएर प्रदेश सरकार असन्तुष्ट देखिएका छन् । संविधानले शान्तिसुरक्षाको अधिकार प्रदेश सरकारलाई दिएपनि संघ सरकारले अधिकार हस्तान्तरण गर्न नचाहेको…