सुशीला कार्कीको यात्रा : न्यायमूर्तिदेखि अन्तरिम सरकार प्रमुखसम्म

काठमाण्डु – सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी छन् । नेपालमा प्रधानमन्त्री बन्ने उनी पहिलो महिला हुन् । करीब १० वर्षअघि पहिलो महिला प्रधानन्यायाधीश बनेकी उनी अहिलेको विषम परिस्थितिमा नेपालको अन्तरिम सरकारको नेतृत्वका लागि जेनजी आन्दोलनकारीको सिफारिसमा प्रधानमन्त्री बन्न सफल भएकी हुन् । नेपालमा न्यायालय स्थापना भएको ६५ वर्षभन्दा लामो इतिहासमा पहिलो…