धरानको भाटभटेनीमा ३ वटा शव फेला

काठमाण्डु- धरान–१० पुतलीलाइनस्थित भाटभटेनी सुपरमार्केटको भग्नावशेषभित्र तीनजनाको जलेको अवस्थामा शव फेला परेको छ। प्रहरीले ती शवहरू चिन्ने नसक्ने अवस्थामा भेटिएको जनाएको छ। जेनजी आन्दोलनका क्रममा अराजक समूहले मंगलबार राति भाटभटेनीमा आगजनी गरेको थियो। आगो निभेपछि शुक्रबार बिहान जनप्रतिनिधि र सुरक्षाकर्मीको टोली स्थल प्रवेश गर्दा दोस्रो तलामा पहिलो शव भेटिएको प्रहरी इन्स्पेक्टर रुद्र खड्काले जानकारी दिए।…