जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु

काठमाण्डु– नेपाली सेनाको मुख्यालय जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ। प्रधानमन्त्री सुशीला कार्कीले सोमबार पृतनापति बैठकको उद्घाटन गरेकी हुन्। बैठकमा नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको सहभागीता रहेको छ। पृतनापति समन्वयात्मक बैठक अर्धवार्षिक रुपमा सञ्चालन हुँदै आएको छ। बैठकमा सहभागीहरूले आ आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरुको समीक्षा एवं…