वृषेशचन्द्र लालले भने – प्रचण्डको अभिव्यक्ति धम्की हो, हामी मुकाविला गर्न तयार छौं

काठमाडाैं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा गएर प्रदेश सरकारलाई ‘ओभरटेक’ नगर्न दिएको निर्देशनलाई राजपा नेपालका उपाध्यक्ष वृषेशचन्द्र लालले धम्कीको संज्ञा दिएका छन् । उनले भने,‘प्रचण्डको भनाईलाई हामीले गम्भिर रुपमा लिएका छौं । यो प्रचण्डको हामीलाई धम्की हो । उनले सुझाव वा सल्लाह दिएका होईनन् ।’ बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै…