नेकपा सचिवालयको बैठकमा प्रवक्ताबाट नारायणकाजीले दिएको राजिनामा अस्वीकृत

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टीको सचिवालयले प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजिनामा अस्वीकृत गरेको छ। चिकित्सा शिक्षामा सुधारको माग गर्दै अनसन बसेका डा. गोविन्द केसीसँगको भेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले आपत्ति जनाएपछि श्रेष्ठले प्रवक्ता पदबाट राजिनामा दिएका थिए। सोमबारको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालको असन्तुष्टिदेखि प्रवक्ता श्रेष्ठले उठाएका नीतिगत विषयमा समेत लामो छलफल…