काठमाडौं - राष्ट्रियसभा सदस्यको पदावधि छान्नका लागि सोमबार गोलाप्रथा गरिने भएको छ। संघीय संसद सचिवालयले आइतबार पत्रकार सम्मेलन गरी गोलाप्रथाको कार्यक्रमबारे जानकारी गराएको हो। राष्ट्रियसभा सदस्यको कार्यकाल २, ४ वा ६ वर्षको हुने भन्ने संविधानले गरेको व्यवस्था अनुसार पदावधि तय गर्नका लागि गोलाप्रथा गर्न लागिएको हो। त्यसका लागि संघीय संसद सचिवालयले महासचिवको संयोजकत्वमा गोलाप्रथा सञ्चालन…