शिक्षामन्त्री र सात प्रदेशका मन्त्रीबीच बैठक हुँदै

काठमाडौँ - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले संघीय संरचनाअनुसार शिक्षा क्षेत्रमा सुधार र समन्वयबारे सातै प्रदेशका सामाजिक मामिला मन्त्रीहरुसँग आइतबार बैठक आयोजना गर्नेभएका छन् । संघीय सरकार र प्रदेश सरकारका विषयगत मन्त्रीबीच औपचारिक छलफल हुन लागेको यो पहिलो पटक हो । मन्त्री पोखरेलका प्रेस संयोजक सुनील खड्काका अनुसार सो बैठक सिंहदरबारस्थित मन्त्रालयमा हुनेछ ।…