काठमाण्डु – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराई यतिबेला काठमाण्डुमा छन् । जिल्लामा उत्पादित बाँसको प्रवर्द्धनमा संघीय सरकारले कानूनी र नीतिगत अड्चनमा संशोधन नगरिदिएको भन्दै सत्याग्रहका लागि काठमाण्डु आएका हुन् । स्थानीयलाई रोजगारी दिने, वैदेशिक रोजगारीमा जाने संख्यालाई घटाउनुका साथै स्थानीय स्रोत र सामग्री प्रयोग गरी जैविक विविधता र संस्कृतिको संरक्षण गर्दै…