चितवनको क्यान्सर अस्पतालमा औषधि अभाव, केमोथेरापी सेवा प्रभावित

काठमाण्डु-चितवनको विपी कोइराला ममोरियल क्यान्सर अस्पतालमा क्यानसरको औषधि अभाव भएको छ । अस्पतालको मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा. गुरुशरण साहका अनुसार हाल क्यान्सर उपचारमा प्रयोग हुने औषधिहरुको अभाव भएको हो । उनले भने औषधिको अभावले केमोथेरापीको प्रभावकारिता घट्ने मात्र नभई, बजारमा हुने अवैध ओसारपसार र गुणस्तरहीन औषधिको प्रयोगले बिरामीको स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याइरहेको छ ।…