प्रधानमन्त्री ओलीसँग कांग्रेस सभापति देउवासहित नेताहरूको भेटवार्ता

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेताहरूले भेटवार्ता गरेका छन् । नेपाल राष्ट्रबैंकको गभर्नर नियुक्तिको विषय अड्किएर बसेको अवस्थामा प्रधानमन्त्री ओली र सभापति देउवाबीच भेटवार्ता भएको हो । भेटमा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा, गृहमन्त्री रमेश लेखक सहभागी भएका थिए । भेटमा समसामयिक राजनीतिक सवालमा छलफल भएको बताइएको छ…