नेपालमा डेल्टा भेरियन्टको नयाँ ‘म्युटेन्ट’ भेटियो

काठमाण्डु – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ भेरियन्ट पुष्टि भएको छ । भारतमा परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ उत्परिवर्तित स्वरुप नयाँ म्युटेन्ट पुुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको जानकारी दिएको छ । जेठ मध्यदेखि असार मसान्तसम्म…