एक महिनाअघि हराएकी सुजिताको शव शौचालयको ट्याङ्की भित्र भेटियो

काठमाण्डु - महोत्तरी भ्रमपूरा – ७ की सुजिता ठाकुरको हत्या गरी शव शौचालयको ट्याङ्कीमा गाडिएको पाइएको छ । आज बिहान प्रदेश प्रहरीले शव गाडिएको ठाउँमा उत्खनन् गरेको हो । निर्माणाधीन शौचालयको ट्याङ्की भित्र शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार शवलाई टुक्रा–टुक्रा पारी ट्याङ्की भित्र गाडेर माथिबाट सिमेन्टले प्लास्टर गरिएको छ…