काठमाण्डु– नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको गति सन्तोषजनक नभएको बताएका छन् । बुधबार महामन्त्री शर्माले ७ बुँदामा कमजोरी केलाउँदै मुख्य दुईदल सम्मीलित सरकारको गति सन्तोषजनक नभएको बताएका हुन् । उनले सरकारले नगर्नुपर्ने निर्णयमा हतारो गरेको र गर्नुपर्ने निर्णयमा बिलम्ब गरेको भन्दै सरकारको यो प्रवृत्ति समर्थन योग्य नरहेको बताए । उनले भने- 'मुख्य दुईदल…