काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा नयाँ सरकार बन्ने राजनीतिले नयाँ कोर्स लिने संकेत गरेका छन् । नयाँ वर्षको पूर्वसन्ध्यामा शुक्रबार चितवनमा पत्रकारहरूसँग कुराकानीमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले नयाँ सरकारका लागि नेपाली कांग्रेसको नेतृत्व आवश्यक रहेको र आफ्नो पार्टी समर्थन गर्र्न तयार रहेको पनि बताएका हुन् । आफ्नो नेतृत्वको सरकारमा…