खोटाङमा बाँदर आतंकः बाली सखाप पारेपछि परिवार नियोजन गर्न माग

खोटाङ – बाँदर पीडित किसानले हलो, जुवा, दाँते र कोदालोसहित विरोध र्‍यालीमा उत्रेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका किसानले बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न आइतबार यहाँ ती कृषि औजार सहित र्‍याली प्रदर्शन गरेका हुन् । ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पुरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत…