काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले आफूहरुले अहिले विदाको दिनमा पनि बजार अनुगमन गरेको र लापरवाही गर्नेलाई अन द स्पट कारबाही गरिएको स्पष्ट पारेका छन् । उनले भने,‘एकीकृत रुपमा हामीले अनुगमनलाई अघि बढाएका छौं ।’ कालोबजारी गर्नेहरुलाई आफुहरुले ठाउँको ठाउँमा कारबाही गरेको उनले स्पष्ट पारे । मंगलबार रिपोर्टर्स क्लब नेपालले…